काठमाडौँ, १ जेठ : प्रमुख प्रतिपक्षी दलद्वारा संसदमा विरोध प्रतिनिधिसभाको मङ्गलबार बसेको दोस्रो बैठकमा सहकारी रकम घोटला सम्बन्धी संसदीय छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दलका सांसदहरू वेलमा आएर विरोध गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस
जेठ १ काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।
सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका सांसदहरुको माग थियो ।
सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम थियो ।
सो बैठकमा सभाध्यक्षले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत कार्यसूची थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३ गते बिहिबार अपराह्न १.१५ बजे बस्नेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







