
जेठ २ काठमाण्डौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच अवरुद्ध संसद् खुलाउने लगायतका विषयमा छलफल भएको हो ।
भेटका क्रममा आफूविरुद्ध सदनमा कुरा उठेपछि संसदमा बोल्न पाउनुपर्ने प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली समक्ष कुरा राखेको उपप्रधानमन्त्री लामिछानेले जानकारी दिए ।
“म माथि प्रश्न उठिसकेपछि मैले सदनमा बोल्न पाउनुपर्छ, त्यसपछि यदि जवाफ चित्त बुझेन भने उहाँहरू (कांग्रेस) को अधिकार प्रयोग गर्न सक्नुहुन्छ, त्यो अधिकार त छँदै छ, त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको सम्मान गर्छु”, उपप्रधानमन्त्री लामिछानेले भने । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।