जेठ २ काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको छ ।
उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएसँगै क्यानले उनी विरुद्धको निलम्बन फुकुवा गरेको हो । यससँगै लामिछानेको अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टि–ट्वान्टी विश्वकप खेल्न सम्भावना बढेको छ ।
उच्चअदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले त्रिकेटर लामिछानेलाई आज सफाइ दिएको थियो ।
यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र रु पाँच लाखको जरिवाना र क्षतिपूर्तिको फैसला सुनाएको थियो । त्यससँगै क्यानले पनि लामिछानेलाई क्रिकेट गतिविधिबाट निलम्बन गरेको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।