जेठ ३ पोखरा । २५६८ औं बुद्ध जयन्ती एवंम सागा दावा तिथिको अवसरमा धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनमा यहि जेठ ५ गते शनिबार धार्मिक प्रवचन कार्यक्रम हुन लागेको हो ।
पेमा धेछेनलिङ गुम्बा लेकसाइड खहरेमा हुने प्रवचनमा गुरुङ लामा सघं नेपालका अध्यक्ष धर्म गुरु खेन्पो शिर लामा र पञ्चासे बिहारको संस्थापक लामा मिन गुरुङबाट बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्मदेशना प्रवचन हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
पूजा कार्यक्रम तथा बत्ति बाल्ने बिहान ६ बजे बाटै हुनेछ । कार्यक्रमको औपचारिक शुरुवात भने बिहान सवा ७ बजे हुने तामाङले जानकारी दिएका छन् ।
बुद्ध जयन्ती मूल समारोह समिति कास्कीको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बैदाम तामाङ सेवा समाजले धार्मिक प्रवचन कार्यक्रम आयोजना गर्न लागेको हो ।
शनिबार हुने पवित्र धार्मिक कार्यक्रममा विशेष गरी बुद्धको ज्ञान, प्रवचन, श्रवण गर्न र प्रसाद ग्रहण गरी धर्मको लाभ लिनका निमित्त सम्पुर्ण बुद्धधर्मवलम्बीहरुलाई उपस्थितिको आयोजकले आह्वान गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







