नेपाल प्राकृतिक रुपमा सुन्दर मात्रै छैन् यहाँका विविधताले पनि यसलाई थप सुन्दर बनाएर सुनमा सुगन्ध थप्ने काम गरेको छ । विभिन्न जातजाति,यहाँका विभिन्न समुदायका रहनसहन र संस्कार,भेषभुषा,भाषाशैली र आत्मियता नेपाल र नेपालीको पहिचान र विशेषताका पक्ष हुन् ।
समय परिस्थितीहरु बदलिएर अहिले हरेक परिवेशले नयाँ आकार सिर्जना भएको छ र त्यो हुन पनि जरुरी छ । तर विगतलाई हेर्ने हो भने नेपालीहरु बुद्धिमान र मेहनती पनि छन् भन्ने पुष्टि हुन्छ,जहाँ अन्न पिस्न पानीघट्ट,ढिकीजाँटो,कागतीबाट चुक निकाल्न कोल र काठका ठेकाठेकी,अल्लो धागोबाट कपडा लगाएत विभिन्न परम्परागत कलाकृतिबाट सिर्जना गरिएका हस्तकलाका साधनबाट जीवन धानेका थिए हाम्रा पुर्खाहरुले ।

त्यही नेपाली कलाकृतिहरुलाई विश्व सामु फैलाउन यतिवेला घरेलु तथा साना उद्योग महासंघ महालक्ष्मिका महिला सभापति तथा उद्योमी रचना श्रेष्ठको टोली अष्ट्रलियामा व्यस्त छन् । Nepco Entertainments को आयोजनामा तथा FNCSI Nepal को सह आयोजनामा भएको मेड ईन नेपाल एक्स्पो प्रदर्शनीमा FWEAN Sewa Nepal, Eurasia Reyukai Nepal, Mahalaxmi Women Entrepreneurs Network, Lions Club of Kathmandu Devalaya र Lions International District 325 J लगाएतका विभिन्न संघसंस्था सहभागी भएका छन् ।

सोही अवसरमा नेपाली महिलाहरुले उत्पादन गरेको विभिन्न हस्तकलाको अन्तराष्ट्रिय बजार सरल र सहज बनाउन प्रयास स्वरुप अष्ट्रलियाको मेलवर्न लगाएतका स्थानहरुमा मेड ईन नेपाल एक्स्पो प्रदर्शन भईरहेको श्रेष्ठले बताईन् । “नेपाली महिलाहरु धेरै मेहनती र सिपयुक्त छन् तर उनीहरुकोे महनत र सिपलाई व्यवसायसंग जोडेर उनीहरुको आयआर्जन माथी उकास्न आवश्यक छ,” उनले भनिन्,“ति उत्पादनको बजारीकरण अन्तराष्ट्रियकरण हुनुपर्छ त्यहि प्रयास स्वरुप विभिन्न महिला उद्योमी र उनीहरुले उत्पादन गरेका हस्तकलाहरु यहाँ प्रदर्शन गरिरहेका छौ । ”

कोरोना महामारी पछि नेपाल मात्रै होईन विश्व बजार नै अर्थतन्त्रको ठुलो मारमा परको छ । यहि समयमा नेपाली महिलाहरुले घरमै उत्पादन गरेका वस्तुहरुलाई व्यवसायसंग जोडेर आयआर्जन गर्न सकियो भने देशका दुर्गम स्थानका महिलाहरुलाई पनि थप प्रेरणा मिल्ने उनले बताईन् ।

प्रदर्शनले नेपाली महिला उद्योमीका सिप र व्यवसायमा समानता ल्याउनुका साथै नेपाली उत्पादनले नेपाललाई चिनाउन मद्धत हुनेमा उनको टिम विश्वस्त छ । प्रदर्शनमा गाजाको रेशाबाट बनेका जुट्टा,टोपी,झोला,स्विटर,चप्पल,काठबाट निर्मित कलात्मक आँखिझ्याल,बुद्धका मुर्ति लगाएत सजावट सामाग्रीहरु,कटनको दौरा सुरुवाल,टाई,विभिन्न प्रकारका पोशाक र पेन्टिङ,पन्चेबाजा,मादल लगाएतका नेपाली उत्पादनहरु राखिएका छन् ।

प्रदर्शन अवलोकन गर्न आउने अधिकांश नेपालीहरुले सकरात्मक प्रतिक्रिया दिएका छन् भने विदेशीहरुका लागि नौलो वस्तु भएकोले निकै चासो दिएर अवलोकन गर्ने गरेको श्रेष्ठले बताईन् । “हामीले प्रदर्शनमा राखेको उत्पादन अवलोकन गर्न आउने सबै नेपालीहरु खुसि छन्,नेपालकै एक पसलमा पुगे जस्तो महसुस गरेको बनाउनुहुन्छ अवलोकनकर्ताहरु,”उनले भने,“यसले गर्दा विश्व बजारमा नेपाली उत्पादनको महत्व छ भन्ने आभास भएको छ ।”

नेपाली उद्योमीहरुलाई व्यवसाय अगाडी बढाउन सहज नभएको भन्दै श्रेष्ठले सरकारबाट नै यसको व्यवस्थापन गर्न आग्रह गरिन् । उनले उनले भनिन्, “हामीसंग वस्तु छ बजार छैन्,सिर्जना र सिप छ मुल्य छैन,बजार र मुल्यका लागि सरकारले नै स्पष्ट नीति लागु गरेर मुख्य सहजकर्ताको भुमिका निभाउन आवश्यक छ । ”उनका अनुसार अष्ट्रलियामा प्रदर्शनले निरन्तरता पाउने छ । अन्य देशमा पनि नेपाली उद्योमीहरुले उत्पादन गरेका वस्तुको बजार अध्ययन तथा विस्तार गर्ने प्रयास जारी रहेको श्रेष्ठले बताईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







