पोखरा । पोखराको एक सहकारी संस्थामा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
मंगलबार पोखरा–३० शिसुवास्थित चक्रदेवी सहकारी संस्थामा तोडफोडमा संलग्न भएो आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि सहकारीभित्र पसेर कर्मचारीहरुमाथि हातपात, कागजपत्र हिनामिना तथा टेलिफोना र नेटको तारमा क्षति पुर्याउन खोजेको आरोप छ ।
पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे–५ रिवानका प्रकाश बि.क., झापा भद्रपुर न.पा.–३ का राजिव प्रसाई, पोखरा–२७ का गणेश शाही, समिन बि.क, संजिप सुनार, यम ब.चौरेली, कृष्ण कुमारी चौरेली, रुपन्देही – ११ की कमला चन्द, नवलपरासीकी बिष्णु बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकरी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






