पोखरामा नागरिक सम्मेलन जेठ ११ र १२ मा, १४ सेसनमा नागरिक अधिकारबारे छलफल हुने


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०८१ मा प्रकाशित




पोखरा, जेठ ९

पोखरामा गण्डकी प्रदेश स्तरिय नागरिक सम्मेलन हुने भएको छ । गैरसरकारी संस्था (गैसस) महासंघको आयोजना तथा नागरिक संस्थाहरुको समन्वय र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यहि जेठ ११ र १२ गते पोखरामा प्रदेश स्तरिय नागरिक सम्मेलन हुने पोखरामा बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सम्मेलनमा गण्डकी प्रदेशका सबै जिल्लाबाट ५÷५ जनाको प्रतिनिधित्व रहने र बाँकी कास्कीको पोखराकासमेत गरेर २ सय जनाको सहभागिता रहने गैसस महासंघ गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्काले जानकारी दिए ।

पोखरा–६ लेकसाईडको हल्लनचोकस्थित पोखरा भिलेजमा हुने कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा १४ सेसन चल्ने अध्यक्ष खड्काले जानकारी दिए । नागरिकका सरोकारसँग सम्बन्धित १४ वटा फरक÷फरक विषयमा प्यानल डिस्कसन हुने उनको भनाई छ ।

गैसस महासंघ गण्डकीका अनुसार सम्मेलनमा पहिलो सेसन ‘गण्डकी प्रदेशमा गैससहरुको सवाल, समस्या र चुनौति’ विषयक प्यानल डिस्कसन हुनेछ । त्यसपछि क्रमशः ‘नेपालमा नागरिकको अधिकारको अवस्था, भूमिका र सहभागिता’ विषयक प्रस्तुतीकरण, छलफल, ‘गण्डकी प्रदेशमा बालवालिकाको पोषणको अवस्था र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया’, ‘गण्डकीमा मानव अधिकारको अवस्था र सरोकारवालाको भूमिका’, ‘गण्डकीमा सामाजिक विकासको वर्तमान अवस्था, विकासका सवालहरु, शुसासन प्रवद्र्धन र समृद्ध गण्डकी प्रदेशको सम्भावना, अवसर चुनौति र नागरिक संस्थाहरुको भूमिका’, गण्डकीमा बाल अधिकारको अवस्था, बाल सुरक्षाको लागि कानुनी व्यवस्था, संस्थागत संरचना र बाल विकास तथा बाल संरक्षणको रणनितिक योजना एवम् बाल संरक्षण, बाल विकास, बाल सहभागिता, बालवालिकाको शिक्षा, स्वास्थ्य तथा बालश्रमको अवस्थाको साथै समग्र बालवालिकाको समस्या र चुनौति’ विषयक छलफल तथा अन्र्तक्रिया हुने अध्यक्ष खड्काले जानकारी दिए ।

त्यस्तै, सम्मेलनमा ‘गण्डकी प्रदेशमा महिलाहरुको अवस्था, सवाल, समस्या, चुनौति, अवसर र समाधान तथा व्यवस्थापन पक्षको लागि सरोकारवालहरुको भूमिका’, गण्डकीमा अपाङ्गताको अवस्था समस्या र चुनौती साथै महिला, बालवालिका, जेष्ठ नागरिक, लैङ्गीक अल्पसंख्यक तथा तेश्रो लिङ्गीय समुदायमा सुधारका लागी आवश्यक निती तथा कार्यक्रम’, गण्डकी प्रदेश सरकारले हालसम्म निर्माण गरेका कानून र कार्यान्वयनको अवस्थाबारे प्रस्तुती, गण्डकीमा विपद जोखीमको अवस्था, पूर्व तयारी, न्युनीकरण, जलवायु परिवर्तन र यस्को प्रभाव, अनुकूलन स्थानियकरण तथा नागरिक संस्थाहरुको भुमिका विषयक प्रस्तुतीकरणसँगै छलफल र अन्र्तक्रिया हुने जनाइएको छ ।

यसैगरी सम्मेलनमा गण्डकी प्रदेशमा जलवायु परिवर्तन तथा विपद जोखिमको अवस्था, यसको कृषि एवम खाद्य पोषण सुरक्षामा असर अनुकुलन न्यनीकरणको प्रयास तथा सरकारी गैरसरकारी निकायको भूमिका, १२. दिगो विकास लक्ष्य, कार्यान्वयनका चरणहरु तथा स्थानियकरण र हालसम्मका प्रयास तथा उपलव्धिहरु र यसका लागी नागरिक संस्थाहरुको भूमिका, मानसिक स्वास्थ्य सम्बन्धि समस्या, अवस्था र चुनौति र मानसीक स्वास्थ्यका रणनिती, कार्यक्रम तथा कार्ययोजना र मनोसामाजिक विमर्शका प्रयासहरु र गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था, समस्या, चुनौती र रोकथामको प्रयासहरुका बारेमा छलफल तथा अन्र्तक्रिया गरिने अध्यक्ष खड्काले जानकारी दिए ।

सम्मेलनले विकासका सवालहरुमा साझा धारणा बनाउँदै गण्डकी प्रदेश नागरिक घोषणापत्र २०८१ जारी गर्ने अध्यक्ष खड्काले जानकारी दिए । ‘उक्त घोषणा पत्र नितिगत सुधारको पहलका लागि प्रदेश मन्त्रालयहरु तथा संघिय सरकारमा पेश गरि आग्रह र ध्यानाकर्षण गर्छौं’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।