सभामुख देवराज घिमिरेले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन ।
दुई हजार पाँच सय६८ औँ बुद्ध जयन्तीका अवसरमा सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा आज पनि बुद्धका उपदेशहरू प्रासङ्गिक रहेका तथा अहिंसा नै शान्ति र मैत्रीका आधारशिला हुन् भनेका छन ।
अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचारप्रसार गर्नसके मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुने विश्वास पनि उनले सन्देशमा व्यक्त गरेका छन । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा…





