जेठ १८ मा ‘पोखरा बक्सिङ च्याम्पियनसिप’


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा जेठ तेश्रो साता हुने ‘पोखरा बक्सिङ च्याम्पियनसिप’को तयारी तिव्र पारिएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा एक दिने प्रतियोगिताको तयारी तिव्र पारिएको हो ।

आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताको तयारी तिव्र पारेको जनाएको छ ।

प्रतियोगितामा विभिन्न तौल समूह गरि ३० जना महिला तथा पुरुष बक्सरहरुले सहभागिता जनाउने कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुरुष तर्फ ५१, ५७, ६०, ६३.५, ६७, ७१, ७५, ८०, ८६ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ । त्यसैगरी महिला तर्फ ४८, ५०, ५२, ५७, ७० र ७५ केजी तौलमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताका विजेता बक्सरले नगद २० हजार प्राप्त गर्ने छ । उपविजेताले नगद १० हजार पाउँदा महिला तथा पुरुष उत्कृष्ट बक्सरले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले पोखरालाई खेल पर्यटनको शहरको रुपमा स्थापित गर्ने उद्देश्यसहित बक्सिङ को भर्सेस फाईट शुरु गरिएको बताए ।

नेपाल बक्सिङ महासंघका केन्द्रीय उपाध्यक्ष गणेशबहादुर भट्टराईले नियमित प्रतियोगिताले मात्रै खेलाडीेले अन्तराष्ट्रिय रिङ मा उतिर्न सक्ने भन्दै प्रतियोगितालाई नगर, जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिए । प्रत्येक नगर, उपमहानगर तथा महानगरपालिकाले खेलकुदका गतिविधिलाई प्राथमिकता दिन सकेमात्रै खेलकुदको विकास हुने स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा प्रदेश बक्सिङ संघ गण्डकीका अध्यक्ष विद्या मर्सानीले पनि पोखराको बक्सिङ खेलको बारेमा स्पष्ट पारेका थिए ।

पोखरामा २०६४ साल पछाडी राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता १७ वर्षपछि हुन लागेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।