स्व. मन्त्रि नरबहादुर हिराचन स्मृति कप तारा खेल प्रतियोगिता भोलि, तयारी पूरा


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८१ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । स्व. मन्त्रि नरबहादुर हिराचन स्मृति कप तारा खेल प्रतियोगिता–२०८१ को सम्पूर्ण तयारी पुरा भएको छ ।

शनिबार पोखरामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

पोखरा–१२ स्थित मार्फा थकाली समाज चापापानीमा हुने उक्त प्रतियोगितामा मार्फा मुस्ताङसहित १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक गोविन्द ज्वारचनले जानकारी दिए । उनका अनुसार बिहान ८ बजेबाट शुरु हुने प्रतियोगितामा स्थानिय र मार्फा मुस्ताङकासहित १० टिमले सहभागिताको लागि नाम दर्ता गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।