सुन र चाँदीको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०८१ मा प्रकाशित




नेपाली बजारमा पहेँलो धातुको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु एक लाख ३७ हजार दुई सय कायम भएको छ । साथै तेजावी सुनको मूल्य प्रतितोलामा रु तीन सयले बढेर रु एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ ।

यसैगरि , चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु एक हजार आठ सय ८० कायम भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।