पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ ।
प्रहरीले अन्नपुर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थहरु चोरी निकासी गरेको भन्दै ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरका टिप्परहरु आज विहान नियन्त्रणमा लिएको हो ।
पोखरा १९ तितेपानी स्थित भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेका उक्त मालबाहक टिप्परहरु प्रहरी चौकी सार्दिखोलाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गरेको थियो ।
टिप्परहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पठाईएको कास्की प्रहरीले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







