मध्य पहाडी लोकमार्गका कारण लेखनाथको खानेपानी प्रभावित


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०८१ मा प्रकाशित




लेखनाथ । राष्ट्रिय गौरवको योजनका रुपमा रहेको मध्य पाहाडी लोकमार्ग निर्माणको क्रममा लेखनाथ खानेपानी उपभोक्ता सस्थाको पानी वितरण प्रणाली प्रभावित भएको छ ।

उपभोक्ता सस्थालो मादी गाउपालिकाको गिउजे खोलबाट ल्याएको पानीको मुहान भन्दा माथीको मादी ७ को पानीघाँट र पोखरा २० को आटीघर मौजाको भागमा मध्य पाहाडी लोकमार्गको बाटो खन्ने क्रममा आएको ढुगा तथा माटोका कारण मुहानको मुख्य भाग प्रभावित भएपछि खानेपानी सप्लाई अवरुद्ध भएको हो ।

खानेपानीको मुख्य मुहान भन्दा माथीको करिव साडे दुई किलोमिटरको भागमा लोकमार्ग निर्माणको काम जारी रहेकोले वर्षाका कारण आएको वाडीले मुख्य पानी संकलन केन्द्रमा नै ढुगा तथा माटो थुप्रीएकाले तत्काल पानी वितरण गर्न असुविधा पुगेको लेखनाथ खानेपानी उपभोक्ता सस्थाका कार्यालय प्रमुख शिवप्रसाद अमात्यले जानकारी दिएका छन् ।

वि स २०६५ साल देखि साविक लेखनाथ क्षेत्रका करिव १६ हजार चार सय ५९ घर धुरीका करिव एक लाख भन्दा वढि उपभोक्ताहरुलाई खानेपानीको ब्यवस्था मिलाउदै आएको आयोजना प्रभावित हुदा विषेश गरि तालचोक देखि वेगनासताल क्षेत्र र भण्डारढीक देखि गगानगौडा सम्मका उपभोक्ताहरु प्रतक्ष्य रुपमा प्रभावित भएको वताईएको छ ।

यसैक्रममा हरेक वर्ष वर्षादको समयमा आउने समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्नका लागि प्रयास भईरहे पनि विकासका नाममा खनिने वाटोघाँटा र अन्य भौतीक निर्माणका लागि योजना प्रभावित भएकाले हामीहरु बैकल्पीक योजनाको खोजीमा रहेको लेखनाथ खानेपानी उपभोक्ता सस्थाका अध्यक्ष मुरारी शर्माको भनाई रहेको छ ।

गिउजे खोलाबाट प्रति सेकेण्ड ५० लिटरका दरले पानी आउदा त पानी कम भईरहेको अवस्थामा अहिले पुर्ण रुपमा पानी आउन रोकीए पछि हामीसँग संचालित दुईवटा सववोइल र आठ वटा बोरिङले आम उपभोक्ताको मागलाई पुरा गर्न नसकिएको तितो यथार्थलाई ध्यानमा राखेर वर्षादको समयमा पनि समस्या नआउने गरि त्यस क्षेत्रको केही जग्गा अधिकरण गरि थप पानीका पोखरी निर्माण गर्ने योजनाको खोजीमा रहेको अध्यक्ष शर्माले वताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।