विद्यालयस्तरीय बास्केटबलः उपाधिका लागि विन्ध्यश्वरी आदर्श र राष्ट्रिय मावि भिड्ने


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०८१ मा प्रकाशित




जेठ १७ पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनलमा विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुल र राष्ट्रिय मावि प्रवेश गरेका छन् ।

पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा जारी विद्यालयस्तरीय छात्रातर्फ विन्ध्यश्वरी आदर्श र राष्ट्रिय मावि उपाधि नजिक पुगेका हुन् ।

टुडिखेलको बास्केटबल कोर्टमा आज भएको पहिलो सेमिफाइनल खेलमा विन्ध्यश्वरीले करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । भने दोस्रो सेमिफाइनलमा राष्ट्रिय माविले पोखरा आदर्श माविलाई हराउँदै फाइनलमा विन्ध्यश्वरीसँगको भेट पक्का गर्याे ।

अब उपाधिका लागि विन्ध्यश्वरी आदर्श बोर्डिङ र राष्ट्रिय मावि शनिबार भिड्नेछन् ।

यस्तै पुरुषतर्फ भने सेमिफाइनलको समिकरणमात्र पूरा भएको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए ।

उनका अनुसार यही शनिबार स्पाइरल ग्यालेक्सी मावि र पोखरा आदर्श माविबीच पहिलो समिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइन राष्ट्रिय मावि र करुणानिधी एजुकेशन फाउण्डेशन (केफ)बीच प्रतिस्पर्धा हुनेछ ।

सो प्रतियोगितामा छात्रतर्फ विजेता टिमले नगद रु १५ हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

उनका अनुसार छात्रातर्फ प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाई क्रमश नगद रु १२ हजार, १० हजार र ८ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

छात्र तथा छात्रा दुवै विधामा सर्वाेत्कृष्ट हुने खेलाडीलाई आकर्षक ट्रफिद्वारा पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए ।

गुरुङका अनुसार सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।

शनिबार विहान विद्यालयस्तरी छात्र तथा छात्रा दौड प्रतियोगिताकोसमेत आयोजना गरिने पोखरा महानगरपालिका १ खेलकुद विकास समितिले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।