जेठ १९ पोखरा । स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको भेट्रान्स (३५ बर्ष भन्दा माथी) फुटसल प्रतियोगिताको उपाधि टेन टु इलाभेनले जितेको छ ।
अमरसिंह स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा आयोजक (स्वर्णिम एफसी) रातोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै टेन टु इलाभेनले उपाधि जितेको हो ।
उपाधिसँगै टेन टु इलाभेनले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको आयोजकले स्वर्णिम एफसीले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा टेन टु इलाभेनका चौ गुरुङ ट्रफि र नगद राशीसहित पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आयोजकका मुन गुरुङ पुरस्कृत भए ।
विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिका १० का वडाध्यक्ष राजेश गुरुङ, क्लबका अध्यक्ष गोमेश गुरुङ, तथा प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






