नेपाल कुष्ठरोग निवारण संघद्वारा पोखरा आरोग्य आश्रममा विविध कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ २० गते २०८१ मा प्रकाशित




पोखरा । नेपाल कुष्ठरोग निवारण संघ पोखराको समन्वयमा पोखरा आरोग्य आश्रम पोखरा १५, टुटुङ्गामा शिलालेख अनावरण, भान्छाकोठा निर्माण र लत्ताकपडा वितरण गरिएको छ ।

पोखरा १५ निवासी समाजसेवी दानवीर नेपाल कुष्ठरोग निवारण संघ पोखराका सदस्य खरिलाल विश्वकर्माले कुष्ठरोग प्रभावित व्यक्तिहरुको सहयोगार्थ वि.सं. २०४३ सालमा ०–१२–१–१ क्षेत्रफल जग्गा दान गरेका थिए । सोही जग्गामा विश्वकर्माले शनिबार शिलालेख अनावरण गरिएका हुन् । विश्वकर्माले कुष्ठप्रभावित व्यक्तिको लागि सहयोग गर्न पाएकोमा खुसी लागेको बताउँदै यसबाट प्रभावित हुन नदिन सबैले जनचेतना फैलाउनु पर्ने बताए ।

कार्यक्रममा कुष्ठरोग निवारण संघ पोखराका सल्लाहकार प्रकाशमान गुभाजुले आरोग्य आश्रममा आश्रय लिनेहरुले अब झन् सहज तरिकाले जीवन जिउन सक्ने बताउँदै अहिलेको समयमा जग्गा दान गरी कुष्ठ प्रभावितलाई आश्रयस्थल प्रदान गर्नुभएकामा सहयोगी दानवीर खरिलाल विश्वकर्मालाई धन्यवाद दिए ।

त्यस्तै कार्यक्रममा नेपाल कुष्ठरोग निवारण संघ नेपालका केन्द्रीय उपाध्यक्ष नारायण शर्माले आरोग्य आश्रम पोखरामा निर्मित भान्छा कोठाको उद्घाटन गर्दै निर्माण हरेक व्यक्तिले आफ्नो तर्फबाट एकएक सहयोग गरेमा कुष्ठरोग प्रभावितहरुले पनि सहज तवरबाट जीवन व्यतित गर्न सक्ने बताए ।

त्यस्तै कार्यक्रममा नेपाल कुष्ठ रोगनिवारण संघले कुष्ठ प्रभावित व्यक्तिका लागि लत्ताकपडा वितरण पनि गरेको छ ।

नेपाल कुष्ठरोग निवारण संघ पोखराका अध्यक्ष सुभास तझ्याको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष कल्पना राणाले गरिन् भने सञ्चालन शान्ति सिग्देलले गरेकी थिइन् ।

कार्यक्रममा १३ जना कुष्ठरोग प्रभावित र नेपाल कुष्ठरोग निवारण संघ नेपाल पोखराका व्यवस्थापक सहायक दिव्यानी थापा, सदस्यहरु मेघबहादुर थापा, हिरा विक्रम शाही, मुक्ति पौडेल, भीम थापा, लक्ष्मी शर्मा, बेलीमाया गुरुङ, राममाया बुढालगायतको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।