
साङ्केतिक तस्विर
पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
कास्की प्रहरीका अनुसार आज (सोमबार) बिहान पोखरा महानगरपालिका–१३ गौडाकोमुखस्थित लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार सो दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएकी थिइन् ।
घाइते मध्ये गम्भीर भएकी रिमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो अहिले मोटरसाइकल चालक थापाको भने उपचार भइरहेको छ । दुर्घटनापछि टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।