
जेठ २१ पोखरा । पोखरामा स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालयमा अध्यनरत जनस्वास्थ्य विद्यार्थीहरुको संगठन पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघले सरसफाई गरेको छ ।
संगठनले पोखरा २९ को खुइलेडाँडाबाट सरसफाई अभियानको सुभारम्भ गरेको हो । सो अभियानको पोखरा महानगरपालिका वडा न –२९ का वडा सदस्य कालिदास पोख्रेलले सुभारम्भ गर्दै खुइले डाँडाको नामाकरण आधिकारीक रुपमा गर्न बाँकी रहेको र उतm ठाँउलाई व्यवस्थित गर्न वडाले जोड दिएको बताए । उनले वडाले यस्ताखालका कार्यक्रममा पोखरा विश्वविद्यालयका जनस्वास्थ्यका विद्यार्थीहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।
पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघका अध्यक्ष सरद जि.सी. ले आफुले गरेको फोहोर आफैले उचित व्यवस्थापन गरि शिक्षित व्यतिmको परिचय दिनुपर्ने बताइन् । उनले आफ्नो घर वरपरको वातावरण सधै सफा राख्नु पर्ने र सार्वजनिक स्थलको सरसफाईलाई निरन्तरता दिदै उचित ठाँउमा विसर्जन गर्नुपर्नेमा जोड दिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।