पोखरामा मोटरसाईकल चोरी गरको आरोपमा एक पक्राउ


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०८१ मा प्रकाशित




साङ्केतिक तस्विर

जेठ २१ पोखरा । पोखरामा पार्किङ गरि राखेको मोटरसाइकल चोरी गरको आरोपमा एक जना पक्राउ परेका छन् ।

आइतबार पोखरा–१४ स्थित सितलटोलमा पार्किङ गरि राखिएको ग १५ प ३१९ नम्वरको मोटरसाइकल चोरी गरेर लैजाँदै गर्दा प्रहरीले सोही ठाउँका वर्ष २१ का सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले मोटरसाइकलको नक्कली चावी प्रयोग गरि घिसार्दै केही पर लगिरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले मोटसाइकलसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।