काहुँखोला भाट समाजको अध्यक्षमा श्रीराम


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं १३ मा स्थापना गरिएको काहुँखोला भाट समाजको १४ औं साधारण सभा तथा छैठौं अधिबेशनबाट श्रीराम रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

समाजको उपाध्यक्षमा गोकुल रानाभाट, कोषाध्यक्षमा शारदा रानाभाट, सचिबमा सुजु रानाभाट, सहसचिबमा बिष्णु कुमारी रानाभाट र सदस्यहरुमा सृजना रानाभाट, महराज रानाभाट, रुकबिना रानाभाट, अमृता रानाभाट, सुर्य अधिकारी भाट, बिष्णु रानाभाट सर्ब सम्मत रुपमा चयन भएका छन् ।

त्यसै गरी सल्लाहकारमा ज्यो. रुद्र रानाभाट, सु. भिम बहादुर रानाभाट, शान्ती रानाभाट, लेखनाथ रानाभाट, पितृराज रानाभाट, चन्द्रबहादुर रानाभाट र एकदेब रानाभाट सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रानाभाट तथा भाट समाजका पुर्व केन्द्रिय उपाध्यक्ष तिलक रानाभाटले कार्यक्रमको उद्घाटन गर्दै समाजले अनुकरणीय कार्य गरेको बताए ।

सो अबसरमा गण्डकी प्रदेश कोषाध्यक्ष ज्यो.रुद्र रानाभाट, कास्की जिल्ला अध्यक्ष सुर्यबहादुर रानाभाट, शान्ति रानाभाट, मिनबहादुर रानाभाट लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सो अबसरमा समाजका अग्रज अभिभावकहरु बिद्धबहादुर रानाभाट र जयकृष्ण रानाभाट, समाजलाई विधिवत वनाउन तथा भवन निर्माणमा अध्यक्षको भूमिका निर्वाह गरेका पितृराज रानाभाट, संस्थापक अध्यक्ष शान्ति रानाभाट, आर्थिक सहयोगदाता मिनबहादुर रानाभाट र समाजसेवी चन्द्रबहादुर रानाभाटलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष सु. भिमबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार चन्द्रबहादुर रानाभाटले स्वागत र सचिव सुर्यबहादुर रानाभाटले संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।