
पोखरा, जेठ २१
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशप्रति धेरै नै नफरत बढेको बताएका छन् । पोखराको लेखनाथमा मंगलबार आयोजित दीगो विकास लक्ष्म हासिल गर्न ‘स्थानिय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्यसम्बन्धी अन्र्तक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पार्टी र नेताहरुको व्यवहारका कारण प्रदेशप्रति नफरत बढेको बताएका हुन् । वर्षमा तीन पटक प्रदेश सरकार फेरिने भइरहेको छ,उनले भने,‘आज जे भइरहेको छ, अहिले त्यो जनताप्रति उत्तरदायी भएर भइरहेको छैन । यहि कृयाकलापका कारण प्रदेशप्रति धेरै नफरत छ । धेरै प्रश्नहरु उठेका छन् ।’
मुख्यमन्त्री पाण्डेले दल तथा तिनका नेताहरु नसच्चिने हो भने गणतन्त्र, संविधान र संघीयता नै खतरामा पर्नसक्ने चेतावनी दिए । दलहरुमा राजनीतिक ईमान्दारिताको कमी हुन थालेको छ,उनले भने,‘यसलाई सबैले सच्याउनुपर्छ । यदि सच्याउन सकिएन भने हामीलाई रामराम……. भन्ने आहान त थाहा छ नि ! यो व्यवस्थाको बारेमा, संविधानको बारेमा, संघीयताको बारेमा, त्यस्तो दिन नआओस् ।’ गणतन्त्रमाथि प्रश्न उठिरहेकाले पार्टी र नेताहरुले आफ्ना कृयाकलापलाई जनताको पक्षमा, संविधानको पक्षमा, स्थिरताको पक्षमा ईमान्दारपूर्वक लागेका छन् भन्ने कुराहरु जनतामा बुझाउन सक्नुपर्ने उनको भनाई थियो । अन्यथा गणतन्त्र र संघीयताबिरुद्ध अहिले जे आवाज उठिरहेको छ त्यसलाई बल पुग्ने उनले बताए ।
मुख्यमन्त्री पाण्डेले आफूले बजेट बनाएपनि कसले पास गर्छ भन्ने थाहा नहुने स्थिति रहेको बताए । संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतको सरकार बन्न नसकेपछि सोहि धाराको उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा एकहप्ता अघिमात्र मुख्यमन्त्री बनेका उनले भने,‘अहिले मैले अल्पमतको सरकार चलाईराखेको छु । स्पष्ट छ अहिले मसँग बहुमत छैन । बजेट म बनाउँछु, तर पास कसले गर्छ मलाई थाहा छैन ।’ उनले अघिल्लो वर्षपनि बजेट बनाउनु एक महिना अघि आफूले सरकारको नेतृत्व गरेको र अहिलेपनि त्यस्तै स्थितिमा सरकारको नेतृत्व सम्हाल्नुपरेको भन्दै यस्तो स्थितिमा बजेट बनाउन कठिनाई हुने गरेको बताए ।
मुख्यमन्त्री पाण्डेले बजेटका लागि संघ सरकारसँग संघर्ष गर्न स्थानिय तहहरुलाई सुझाव दिए । प्रदेशलेपनि बजेटका लागि संघ सरकारसँग संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने,‘स्थानिय तहहरुलेपनि बजेट लिने ठाउँमा संघर्ष गर्नुप¥यो । हुन त संघ सरकारसँग स्थानिय तहका प्रमुख, उपप्रमुखहरुले घेरेकोपनि देखेँ । मैलेपनि कामना गरेको छु कि उहाँहरुलाई दिए हामीलाईपनि आउँथ्यो कि भनेर ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।