पोखरा–२९ का १० जना विभिन्न पदकद्वारा सम्मानित हुने


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित




जेठ २२ पोखरा । पोखरा महानगरपालिका वडा नं. २९ ले नागरिक सम्मान कार्यक्रम गर्ने भएको छ । वडाको विकासको लागी विगतदेखी वर्तमान समयसम्म विभिन्न क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गरेका व्यक्तिहरुलाई योगदानको आधारमा सम्मान गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गर्दै वडाले जनाएको छ ।

यही जेठ २५ गते शुक्रवार एक कार्यक्रमका विच सम्मान गरिने वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले जानकारी दिए । उनले भने, ‘सामाजिक योगदानको उच्च मुल्याङ्कन गर्दै सामाजिक पूँजी बढ्दै जाने र भविष्यको लागि पनि यस्तो सामाजिक पुँजी निर्माणमा महत्वपूर्ण भुमिका खेल्न सक्ने विश्वास गरिएको छ भने वडाको समग्र विकासमा महत्वपुर्ण भुमिका खेल्ने व्यक्तिहरुलाई उच्च सम्मान गर्ने सोचले कार्यक्रम राखिएको हो ।’

कार्यक्रम अन्र्तगत एक जनालाई श्री गौरव पदक, दुई जनालाई श्री रत्न पदक र सात जनालाई श्री गरिमा पदक प्रदान गरिनेछ । वडाको सर्वोत्कृष्ट सम्मानको रुपमा रहेको गौरव पदकमा आधा तोला सुनको तक्मा, सम्मान पत्र र दोसल्ला रहेको छ भने उत्कृष्ट सम्मानको रुपमा रहेको श्री रत्न पदकमा तीन तोला चाँदीको तक्मा सम्मान पत्र र श्री गरिमा पदकमा एक तोला चाँदीको तक्मा, सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिने जनाइएको छ ।

सम्मान प्रदान गर्नको लागि यसअघि नै वडा समितिको निर्णय वमोजिम ठाकुर प्रसाद घिमीरेको संयोजकत्वमा सात सदस्यीय नागरिक सम्मान छनौट समिति गठन गरिएको छ । समितिले विभिन्न मापदण्ड तयार पारि टोल विकास संस्था, आमा समुह लगायत विभिन्न संस्थाहरुको नेतृत्वमा रहेका र सामाजिक व्यक्तित्वहरुको नाम आह्वान गरि सोही मापदण्डको आधारमा १० जना व्यक्तिहरुको नाम सिफारिश गरेको छ । उक्त समितिको सिफारिस र वडा समितिको निर्णय बमोजिम सम्मान प्रदान गर्ने तयारी भइरहेको वडाध्यक्ष गुरुङले जनाए ।

यसरी वितरण गरिने सम्मान एउटा ऐतिहासिक र अनुपम कार्य हुने विश्वास लिइएको र यसले सामाजिक पूँजी निर्माण गर्दै समाजमा भएका युवा पुस्तालाई समाज सेवामा उत्प्रेरित गराउने विश्वास लिईएको वडा सचिव दुर्गा न्यौपानेले बताइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।