विश्व वातावरण दिवसमा वर पिपल सारियो


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०८१ मा प्रकाशित




पोखरा । ५२ औं विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । “हाम्रो भुमि, हाम्रो गौरव” भन्ने नाराका साथ विश्वभर दिवस मनाईएको हो ।

दिवसका अवसरमा कतै वृक्षारोपण त कतैं प्रभातफेरी सहित सचेतना मुलक कार्यक्रम गरिएको छ । यसै क्रममा बाटुलेचौरमा रहेको ढाँडा पाखा सुन्दर सामुदायिक वन उपभोक्ता समितिले अमलाविसौंनी घार्मी सडक खण्डको ठाँटी नजिकै धार्मिक महत्वको वर र पिपल रोपेको समितिका केशव वस्नेतले जानकारी दिए । पोखरामा वर पिपलका चौतारी मासिदै गएको अवस्थामा यसको संरक्षण गर्न र त्यस सडक भएर हिड्ने वटुवालाई शितलता प्रदान गर्न वर र पिपल रोपिएको वनका अध्यक्ष पुष्प अधिकारीले वताए ।

उनले आगामी दिनमा त्यस क्षेत्रमा आर्कषक चौतारी र खानेपानीको धारा निर्माण गरिने जानकारी दिए ।अधिकारीले भने– “चौतारी र खानेपानीका लागि स्थानिय सरकारको ध्यानाकर्षण गराँउछौं ।”वातावरण संरक्षण अभियन्ता गोविन्द वस्नेतले पुर्खाले वातावरण संरक्षण्का लागि वनाएका चौतारा माँसिदै जानु चिन्ताको विषय रहेको वताए । वन उपभोक्ताले त्यस क्षेत्रमा सरसफाई समेत गरेका छन् ।

त्यस्तै विन्ध्यवासिनी माध्यमिक विद्यालय, प्रगति सेकेण्डरी स्कुलले पनि दिवसका अवसरमा सचेतना मुलक प्रभातफेरि गरेका छन । वातावरण संरक्षणका विभिन्न नारा अंकित प्लेकार्ड बोकेका विद्यार्थीले जथाभावी फोहर नफाल्न र घर वरपरको वातावरण स्वच्छ राख्न आग्रह गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।