जेठ २३ पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखरा वहुमुखी क्याम्पसमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
बुधबार क्याम्प्सले वृक्षरोपण सहित सचेतना र्यालीसहित विश्व वातावरण दिवस मनाएको हो ।
क्याम्पमा रहेको विद्यार्थीहरुको संगठन नेचर क्लवले वन डिभिजन कार्यालय कास्कीको सहयोगमा विभिन्न सौन्दर्यकरणका विरुवाहरु रोपिएको छ ।
यसअघि क्याम्पसबाट सचेतना र्याली निकालिएको थियो । क्याम्पसबाट निकालिएको र्याली पोखराका विभिन्न क्षेत्रको परिक्रममा गर्दै पुन क्याम्पसमा नै पुगेर समापन गरिएको थियो । र्यालीमा सहभागिहरुले ‘हाम्रो भूमि हाम्रो भविष्य’, ‘फोहोरमैला व्यवस्थापन गरी वातावरण सफा राखौं’, ‘भुमिको संरक्षण गरौ’, ‘रुख विकवा रोपौं, स्वच्छ र हरियाली वातावरण बनाऔं लगायतका पम्पेलट सहित सहभागि भएका थिए ।
उक्त कार्यक्रममा क्याम्पस प्रमुख लगायत सम्पुर्ण शिक्षक र विद्यार्थीहरुको उपस्थिती थियो ।
– विद्यार्थी पत्रकार
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।