युवाहरुलाई खेलकुद तर्फ आकर्षण गर्न पोखरा भलिवल प्रतियोगिता


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित




लेखनाथ । युवाहरुलाई खेलकुद तर्फ आकर्षण गर्ने उदेस्यले पोखरा महानगरपालिका वड नं ३० मा वडा स्तररिय भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।

चेतनसिल पुन मगर समाज र पुन नमुना युवा क्लवको आयोजनामा गरिएको प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले युवाहरुलाई खेल तर्फ आर्कषण गर्न र भावी पुस्तामा देखिएको मोवाईलको लतलाई कम गराउदै खेलकुद अपरिहार्य भएको धारणा राखेका थिए ।

जेठ २६ गते शनिवारसम्म प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ भने प्रतियोगितामा प्रथम हुने समुहलाई ४०हजार र द्धितिय हुनेलाई २५ हजार सिल्ड,मेडल र प्रमाण पत्र रहेको क्लवका सचिव सुसिल पुनले जानकारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।