मृतकका परिवारलाई रु २५ लाख सहयोग प्रदान गर्ने सहमति


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित




दमौली । तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा गत सोमबार पानी ट्याङ्करद्वारा च्यापिएर मृत्यु भएका युवकको परिवारलाई रु २५ लाख सहयोग प्रदान गर्न सहमति भएको छ ।

व्यास –१२ कमलाबारी निवासी २९ वर्षीय प्रवीण कैनीको परिवारलाई रु २५ लाख राहत दिने सहमति भएको हो । कैनी व्यास नगरपालिकामा इञ्जिनियर पदमा कार्यरत थिए ।

घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको मुग्लिन–पोखरा सडक निर्माण गरिरहेको चिनियाँ कम्पनीको सो ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिनदेखि पीडित परिवार आन्दोलित थिए ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा आज बसेको दुवै पक्षको बैठकले राहतका विषयमा सहमति गरेको हो । त्यस्तै पीडित परिवारका एकजनालाई आयोजनामा रोजगारी दिने सहमति भएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।