कास्कीको नौडाँडामा ट्रकले ठक्कर दिँदा पैदल यात्री बृद्धाको मृत्यु


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित




पोखरा । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. १ नौडाँडामा ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा आज एक बृद्धाको मृत्यु भएको छ । ग १ क २६२५ नं। को ट्रकको ठक्करबाट घाईते भएका वर्ष ७० का दुर्गा प्रसाद दाहालको मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाईते भएका उनलाई पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ट्रक र ट्रक चालक धादिङ गल्छी गाँउपालिका २ बस्ने ३५ बर्षका लेख बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।