
जेठ २४ पोखरा । विश्व वातावरण दिवसको अवसरमा एसओएस हर्मन माइनर स्कुल पोखराले वातावरणीय सचेतानामूलक कार्यक्रम सहित वृक्षरोपण कार्यक्रम गरेको छ ।
पोखरा १७ छोरेपाटनस्थित विद्यालयको आधारभूत तहको संयोजनमा विद्यालय हाताभित्र सचेतनामूलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा आधारभूत तहका हेड टिचर तेन्जिन दोर्जे सामाजिक शिक्षिका सस्मिता पौडेल, विद्यालयका अभिभावक तथा स्थानीयहरूको सहभागितामा विद्यालय हाताभित्र वृक्षरोपण गरिएको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य फुर्बु थिन्लेले वातावरण जोगाउनु सबैको सझा दायित्व भएको बताए ।
उनले विद्यार्थीलाई किताबी ज्ञानमा मात्रै सीमित नराखी यस्ता क्रियाकलाप र नेतृत्वदायी कार्यक्रमले उनीहरुको चौतर्फी विकास हुने बताए ।
सो अवसरमा विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी कविता, जनचेतनामूलक भाषण, नृत्य, नाटकलगायतको प्रस्तुति राखेका थिए । कक्षा १ देखि ७ सम्मका विद्यार्थीको सहभागिता रहेको कार्यक्रम विद्यार्थी सेजल गिरी र तेन्जिन ल्हामोले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।