भूमिअधिकार मञ्चको अभिमुखिकरण कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित




पोखरा । राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेश मञ्चको अभिमूखिकरण सम्पन्न भएको छ ।

बिहीबार पोखरामा भएको जिल्लागत समिक्षा, प्रदेश मञ्चको साङ्गठनिक प्रतिवेदन, राष्ट्रिय मञ्चको साङ्गठनिक प्रगति प्रतिवेदनमाथि छलफल गर्नुका साथै वार्षिक योजना सम्बन्धि निर्णय गरेको हो ।

साथै गत जेठ २० गते दाङमा भएको गुठी आन्दोलनमा घाइते मञ्चका सदस्यहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नु पर्ने विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

वैठकमा देशभर भइरहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बारी तथा अव्यवस्थित वस्तीहरु उठिबास, वेदखली, भूमि आयोग विगटन, गुठी आन्दोलनहरुबारे समिक्षा गर्नुका साथै समसामयिक विषयमा गहन छलफल गरेको गण्डकी प्रदेश मञ्चका अध्यक्ष रामबहादुर लामिछानेले जानकारी दिए ।

सो अवसरमा गण्डकी प्रदेशका कोषाध्यक्ष धनकुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बैठकले सर्वसम्मत पास गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग कास्कीका निवर्तमान प्रवक्ता आसबहादुर गुरुङ, मञ्चका केन्द्रिय सदस्य मनरुपा कुमाल लगायतले बोलेका थिए ।

अभिमुखिकरणको मञ्चका राष्ट्रिय अध्यक्ष ल्याम बहादुर दर्जी र केन्द्रिय सदस्य निर्मल नेपालीले सहजीकरण गरेका थिए । कार्यक्रममा नवलपुर, गोर्खा, तनुहँ, कास्की, पर्वत र वाग्लुङ जिल्लाका ३६ जना अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ ।

मञ्चको गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश उपसचिव मोहन प्रसाद गुरुङले स्वागत र संचालन कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।