विश्व वातावरण दिवसको चित्रकला प्रतियोगितामा रबिना प्रथम


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०८१ मा प्रकाशित




पोखरा । “पृथ्वीको लागि कला: रचनात्मकता मार्फत प्रेरणादायक परिवर्तन” भन्ने मुख्य उदेश्यका साथ धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयद्वारा चित्रकला प्रतियोगिता तथा प्रदर्शनी बुधबारका सम्पन्न भयो ।
विश्व वातावरण दिवसको अवसरमा आयोजना भएको चित्रकला प्रतियोगितामा रबिना बस्नेत प्रथम भएका छन् ।

यस्तै प्रतियोगितामा द्वितीय सिम्रन परियार, तृतीय विभुती पौडेल र सान्तोना दिपक काउचा भएका थिए ।
प्रतियोगितामा १९ टिमको सहभागिता रहेको प्रतियगिता तथा प्रदर्शनी पोखरा विश्वविद्यालय प्राङ्गणमा भएको थियो ।

गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवर चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने कार्य गरेको बताउदैं चित्रकला प्रतियोगिता तथा प्रदर्शनी गर्ने कार्यलाई प्रशंसा गर्दै आगामि दिनको कार्यक्रमको शुभकामना दिए ।

यस्तै विश्वकला यात्री प्राज्ञ नगेन सिहले ललितकलाले देश विकासको मेरुदण्ड भएको बताउदैं कलाको विकासविना देशको विकास सम्भव नहुने बताए ।

कार्यक्रमको प्रमुख निर्णायकमा विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरी “राङ्खखानी” रहनु भएको थियो ।
धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयका अध्यक्ष विकास जङ्ग कुँवरले चित्रकला प्रतियोगिता खुला विषयवस्तुमा रहेको र सहभागी सबैको कलालाई बजारमा नगेन आट्र्स मार्फत ल्याइने जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।