ठकुरी महिला परिवारका सदस्य हरूलाई पोखरामा नेतृत्व विकास तालिम


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०८१ मा प्रकाशित




पोखरा । ठकुरी महिला परिवारका सदस्य हरूलाई पोखरामा उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन स्थित संगम ठकुरी परिवारको सभाहलमा आयोजित तालिममा ठकुरी महिला परिवारमा आवद्ध ४० जना महिलाहरूको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको क्षमता अभिवृद्धिको लागि जीवन उपयोगी तालिम सञ्चालन गरेको बताउँदै तालिमले बोल्ने कला,कार्यक्रम संचालन देखि नेतृत्व विकासमा सहयोग पुग्ने बताए ।

तालिमका प्रशिक्षक एवं पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेयले तालिमले आत्मविश्वास सँगै क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने बताउनु भयो। पाण्डेयले हरेक ठाउँमा बोल्ने कला, नेतृत्व विकास , उद्घोषण कला आवश्यक हुने भएकोले सवै क्षेत्रमा आवद्धहरुको लागि पनि तालिम आवश्यक भएको बताए ।

ठकुरी महिला परिवारका अध्यक्ष सरस्वती हमालले एक दिनको तालिममा पनि आफूहरूले धेरै कुरा सिक्न पाएको भन्दै सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे ।

ठकुरी सं गम परिवारका अध्यक्ष शेर बहादुर उच्चै लगायतले बोलेकोे कार्यक्रममा सहभागी सम्झना हमालले सहभागी मन्तव्य सहित तालिमको प्रतिवेदन प्रस्तुत गरेका थिए । ठकुरी महिला परिवारका अध्यक्ष सरस्वती हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी हमाल खाँण ठकुरीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।