
जेठ २५ पोखरा । पोखराका विभिन्न चार संस्थाको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन भएको छ ।
लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, हाम्रो गन्तब्य बहुउदेश्यीय सहकारी सस्था र लियो क्लब अफ पोखरा डेस्टिनेशनले संयुक्त रुपमा गरेको रक्तदानमा ४० यूनिट रगत संकलन भएको हो ।
‘‘रक्तदान जिवनदान, जीवनदान महादान’’ भन्ने मूल नाराका साथ महेन्द्रपुलस्थित मेडिप्लस हस्पिटलमा सञ्चालन भएको रक्तदान कार्यक्रमको गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले उद्घाटन गरे ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा डेस्टिनेसनका पूर्व अध्यक्ष लक्ष्मण तिमिल्सिना, डा. अमर नागिला, राम प्रसाद तिमिल्सिना, मेडीप्लस हस्पिटलका अध्यक्ष डा. आनन्द भट्टराई, डा. सरोज पोखरेल, हाम्रो गन्तब्य बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिष्णुहरी तिमिल्सिना, उपध्यक्ष अब्दुल वाहिद मिया, कोषाध्यक्ष शरण शाक्य, लियो क्लव अफ पोखरा डेस्टिनेशनकी अध्यक्ष मनिषा नेपाली लगायतले रक्तदा र यस्को महत्वका बारेमा बोलेका थिए ।
लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका अध्यक्ष ला. सन्तोष तिमिल्सिनाको अध्यक्षता भएको कार्यक्रमाको सञ्चालनसचिव छबि पनेरुले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।