पोखरा १५ मा फुटसल प्रतियोगिता हुने


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०८१ मा प्रकाशित




पोखरा । दिव्यज्योति क्लबले पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै पहिलो संस्करणको फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही जेठको ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा उक्त प्रतियोगिता आयोजना गरिने सह–संयोजक शैलेस गुरुङले जानकारी दिए ।

उनका अनुसार सो प्रतियोगितामा पोखरा १५ भित्रका क्लबहरुले मात्रै सहभागिता जनाउन पाउने छन् ।

उनले प्रतियोगिताको विजतालाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । यस्तै उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन नगद रु ३ हजार दर्ता शुल्क निर्धारण गरिएको छ । यही २९ गतेभित्र समय तोकिएको जनाकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।