
साङ्केतिक तस्विर
पोखरा । पोखरामा भएको निःशूल्क छातीरोग परीक्षणबाट ११४ जना लाभान्वित भएका छन् ।
महेन्द्रपुलस्थित ओम हस्पिटलमा शनिबार डा सीपी आचार्यद्वारा आफ्ना स्वर्गिय बुवा खड्गराज आचार्यको स्मृतिमा आयोजित निःशूल्क छातीरोग परीक्षणमा उनीहरु लाभान्वित भएका हुन् ।
निःशूल्क परीक्षणमा छातीरोग विशेषज्ञ डा सीपी आचार्यसहितको टोलीले स्वासप्रस्वास सम्बन्धी दम, निमोनिया लगायत छाती सम्बन्धी समस्याहरुको चेकजाँच गर्नुका साथै आवश्यक औषधी समेत वितरण गरेको थियो ।
बिहान ९ बजेदेखि शुरु भएको परीक्षण दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।