राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट


     एभरेस्ट आवाज    
     जेठ २६ गते २०८१ मा प्रकाशित




जेठ २६ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार भारत प्रस्थान गर्नेछन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।