हिलपोइन्ट माध्यमिक विद्यालयद्वारा विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा माटेपानी स्थित हिलपोइन्ट माध्यमिक विद्यालयद्वारा विद्यार्थी र अभिभावकलाई लक्षित गरी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार सम्पन्न भएको कार्यक्रममा मनोविज्ञान विशेषज्ञ रबि किरनले पछिल्लो समयका चुनौती तथा भविष्य, विद्यार्थीहरुका लागि अभिभावकको भूमिका, वैज्ञानिक सिकाइको सहजीकरणका विषयमा प्रशिक्षण गरेका गरेका हुन् ।

सोही अवसरमा अभिभावकहरूले स्माटर प्रयोग गर्ने तरिका र उक्त एपबाट विद्यार्थीहरूको सिकाइमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा स्माटरका संस्थापक जित राघवले प्रशिक्षण गरेका थिए ।

कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थी तथा उनीहरुको अभिभावकहरुको उपस्थिती रहेको कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरूले सहजीकरण गरेका थिए ।

विद्यालयका संस्थापक तथा प्राचार्य दिवाकर जैसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहप्राचार्य गंगाराम पौडेलले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।