
पोखरा । पोखरामा गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पुरुष र महिलाको दुई छुट्टा–छुट्टै टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।
े
प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पुरुष टि–२० क्रिकेट प्रतियोगिता यहि जेठ ३२ गतेबाट असार ६ गते सम्म पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुनेछ भने महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रादन गरिने अध्यक्ष सिग्देलले जानकारी दिए ।
प्रतियोगितामा ८ जिल्लाको सहभागिता हुने गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।