प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल असार ७ गते सुरु हुने


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता असार ७ गते पोखरामा सुरु हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र ह्याण्डबल एकेडेमी मैदानमा सञ्चालन हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठकले जानकारी दिएका छन् ।

नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको करिव दुई वर्ष पछि यस्तो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिंदै अध्यक्ष पाठकले उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाको सहभागिता हुने बताए ।

करिव १४ लाख खर्च हुने प्रतियोगितामा विजेता टिमलाई नगद रु ५० हजार, उपविजेतालाई नगद रु ३० हजार र तेस्रो हुने टिमलाई नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

उक्त प्रतियोगितबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा खेलाडी छनौट समेत गर्ने तयारी भइरहेको अध्यक्ष पाठकले बताए । प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।