
पोखरा । जेष्ठ २८ गते ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको २३ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ युनिट रगत संकलन भएको छ । २४ जना सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरी संकलन भएको सो परिणामको रगत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रमको सुभारम्भ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डि आई जि) कालीदास धौवजीले गरेका थिए ।
बि.सं. २०५८ सालमा सशस्त्र प्रहरी बलको गठन भएतापनि मुक्तिनाथ बाहिनी मुख्यालयको स्थापना भने २०५९ असार १ गते तत्कालिन पश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गतका १६ वटा जिल्लामा तैनाथ भएका गण तथा गुल्महरुलाई कमाण्ड गर्ने गरी भएको थियो। हाल मुक्तिनाथ बाहिनी मुख्यालयको जिम्मेवारी गण्डकी प्रदेश भरी रहेको छ। स्थापना कालदेखी नै जनताको जिउधनको सुरक्षा¸ आन्तरिक शान्ति सुरक्षा¸ विकास परियोजनाहरुको सुरक्षा¸ राजश्व संकलन कार्यमा सहयोग¸ सीमा सुरक्षा¸ विपद व्यबस्थापन तथा सामरिक एवं रणनैतिक महत्वका सम्वेदनशील पक्षहरुको शान्ति सुरक्षामा यस बाहिनीको अग्रणी भुमिका रहेको डि आई जि धौवजीले बताए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।