गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

- देवकोटाले गरे फ्लोर क्रस


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०८१ मा प्रकाशित




पोखरा, जेठ २८

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा)का प्रदेश सभा सदस्य फडिन्द्र देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन् । पाण्डेलाई सत्तारुढ नेपाली कांग्रेसका २७ तथा राप्रपाका २, स्वतन्त्र सांसद दीपक मनाङेसमेतले गरेर ३१ जनाले विश्वासको मत दिए । सो संख्या प्रदेश सभामा रहेका सदस्यहरुको बहुमत पुगेकाले पाण्डेले विश्वासको मत पाएको सभामुख कृष्ण धितालले घोषणा गरे ।

पाण्डेले मागेको विश्वासको मतको विपक्षमा नेकपा एमालेका २२ र नेकपा माओवादी केन्द्रका ६ सांसद गरेर २८ जना उभिए ।

पm्लोर क्रस गरेर विश्वासको मत दिन लागेका बेला फडिन्द्र देवकोटालाई विपक्षी सांसदहरुले रोकने प्रयास गरेका थिए । तर मार्सल लगाएर सो प्रयास असफल पारिएको थियो । मार्सल लगाएर फ्लोर क्रस गर्न दिएको भन्दै उनीहरुले केहिबेर नाराबाजीसमेत गरेका थिए । उनीहरुले दलीय व्यवस्था जिन्दावाद, दल विरोधी गतिविधि मुर्दावाद, ह्वीप उलंघन गर्न पाईंदैन लगायतका नाराहरु लगाएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।