
पोखरा, जेठ २९
गण्डकी प्रदेशमा मन्त्री परिषद बिस्तार भएको छ । विश्वासको मत पाएको भोलिपल्टै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद बिस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फडिन्द्र देवकोटालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
नियुक्त भएका मन्त्रीहरुले मंगलबार सपथग्रहण गरेका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ खुवाएका हुन् ।
मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुको कार्य विभाजनसमेत गरेका छन् । उनले नवनियुक्त मन्त्री दीपक मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय र फडिन्द्र देवकोटालाई उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यससँगै गण्डकी मन्त्री परिषद ५ सदस्यीय भएको छ । यद्वपी अझै मन्त्री परिषदले पूर्णता पाइसकेको छैन । यसअघि टकराज गुरुङ आर्थिक मामिला तथा यातायात व्यवस्था मन्त्री र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।