यू–१५ विद्यालय खेलकुद : व्याडमिन्टन प्रतियोगिता सुरु


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०८१ मा प्रकाशित




जेठ २९ पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत व्याडम्निटनको प्रतिस्पर्धा मंगलबारबाट पोखरामा सुरु भएको छ । प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा सुरु भएको हो ।

राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गतेसम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ ।

प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल गरि ६ खेलमा सात प्रदेशका करिव पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

व्याडमिन्टनमा छात्र/छात्रा सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिए । प्रत्येक प्रदेशबाट छात्र चार र छात्रा चार आठ जनाका दरले ५६ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताका निर्णायक सुमन शाक्यका अनु्सार तीन दिनसम्म चल्ने प्रतिस्पर्धामा पहिलो दिन ५८, दोस्रो दिन ३८ र तेस्रो दिन नौ गरि कुल एक सय पाँच बटा खेलहरु हुनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।