गण्डकीमा ‘अर्गानिक गाउँ’ बनाईने, बाँदरले गर्ने क्षेती कम गर्न ‘कृषि हेरालो’ राखिने


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०८१ मा प्रकाशित




गण्डकी प्रदेशले अर्गानिक गाउँ निर्माण गर्ने जनाएको छ । गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा अर्गानिक गाउँ निर्माण गर्ने उल्लेख गरिएको हो । जसका लागि नमूना गाउँ छनौट गरिने र तीमध्ये उपयुक्त स्थानलाई अर्गानिक गाउँ घोषणा गरेर राष्ट्रिय अन्र्तराष्ट्रिय बजारसँगको आबद्धता स्थापित गरिने प्रदेश प्रमुख डिल्लीराज भट्टले बताए ।

त्यस्तै, सरकारले बाँदरबाट हुने क्षेत्री न्यूनिकरणका लागि ‘कृषि हेरालो’को व्यवस्था गर्ने भएको छ । बाँदरको अतिक्रमबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानिय तह र प्रदेश सरकारको साझेदारीमा कृषि हेरालो कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।