मानव अधिकार सम्बन्धी ऎन कानुन कडाइका साथ लागू गरौं: प्रमुख पौडेल


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित




पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले गण्डकी प्रदेशमा मानव अधिकार कार्यान्वयनको अबस्था थप मजबुत बनाउनु पर्ने आबश्यकता देखिएको उल्लेख्य गर्दै भएका मानव अधिकार सम्बन्धी ऎन कानुन र अन्तर्राष्ट्रिय सन्धी अभिसन्धीहरूको कडाइका साथ लागू गर्नुपर्ने बताएका छन् ।

पौडेलले मानव अधिकारका सबालमा नागरिक समाजको भुमिका सक्रीय भएको र ऎन कानुनको कार्यान्वयनमा उच्चस्तरको सार्बजनिक जागरूकता आबश्यकता देखिएकोतर्फ ध्यानाकर्षण गराए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र गण्डकी प्रदेशको आयोजनामा प्रदेशमा मानव अधिकार मैत्री कानुन कार्यान्वयनको अबस्था र सरोकारवालाहरूको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त धारणा ब्यक्त गरेका हुन् ।
कार्यक्रमको पौडेलले आधारभुत अधिकार सहित बाच्न पाउने मात्रै नभएर मर्यादापूर्बक बाच्न पाउने अधिकारको पूर्ण प्रत्याभूति हुने बाताबरण सृजना गर्नतर्फ केन्द्रित हुन सरोकारवाला सरकारी र गैर सरकारी संस्थाहरूलाई आग्रह गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिबक्ता गिरधारी सुबेदिले प्रदेशमा संक्रमण कालिन न्याय अझै संबेदनसिल भएको बताउदै मानव अधिकारको बिषयमा गण्डकी प्रदेशका पालिकाहरू थप गम्भीर हुनुपर्ने देखिएको उल्लेख गरे । उनले प्रदेश र पालिकाहरूका ऎन कानुनमा मानबअधिकार मैत्री पाना थप्नु पर्ने उल्लेख गरे ।

सुबेदीले संविधान संग बाझिएका कतिपय कानुन संसोधन गर्नुपर्ने भन्दै कानुन तर्जुमा र कार्यान्वयन सम्बन्धि दक्ष जनशक्तिको ब्यवस्थापनमा प्रदेश केन्द्रीत हुनुपर्ने बताए। गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कानुन महाशाखा सचिब धर्मनाथ कुइकेलले गण्डकी प्रदेशले मौलिक हकको कार्यान्वयनका सबालमा केही महत्त्वपूर्ण ऎन निर्माण भएको जानकारी दिदै मानव अधिकारको पूर्ण प्रत्याभूति सहितको प्रदेशका गण्डकी प्रदेश सरकार क्रियाशिल रहेको बताए।

कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल ,गैरसरकारी संस्था महासंघका उपाध्यक्ष इन्दिरा पौडेल , राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका अधिकृत सरोज गैर्हे ,मानव अधिकार एलायन्स कास्कीका अध्यक्ष पदम पहारी, प्रदेश बाल समन्वय अधिकारी बद्री वाग्ले, सिबिआरएसका कृष्ण न्यौपाने ,गोरेटो नेपालका अध्यक्ष बिमला गुरुङ ,कास्की जिल्ला बाल संजालका अध्यक्ष तेज प्रसाद ढकाल सहितले प्रदेशमा मानव अधिकार मैत्री कानुन कार्यान्वयनको अबस्था र सरोकारवालाहरूको भुमिका बिषयमा चर्चा गरेका थिए।

इन्सेक पोखरा कार्यालयका प्रमुख शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन इन्सेकका कार्यक्रम अधिकृत सबनम शर्माले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।