
असार १ पोखरा । गायत्री बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र, घार्मीले अभिभावकलाई प्रशिक्षण दिएको छ ।
पोखरा महानगरपालिका वडा नं १९ लाई कार्य क्षेत्र बनाई विभिन्न शैक्षिक तथा सामाजिक कार्य गर्दै आएको सो केन्द्रले त्यस वडाका सामुदायिक विद्यालयका अभिभावकलाई प्रशिक्षण दिएको हो ।
महेन्द्र माविको व्यवस्थापनमा भएको कार्यक्रममा प्रशिक्षक ढक बहादुर पुनले अभिभावकसँग बालबालिकाको शिक्षा, बाल रूचि, बाल अधिकार, योगा र व्यायामका विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षक पुनले बालबालिकाको रूचि र चाहाना अनुसारको शिक्षा भए मात्र उनीहरुले सफलता प्राप्त गर्ने बताए।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द् पाण्डेले आफ्ना बालबालिकालाई कसरी अध्ययनशील बनाउन सकिन्छ भन्ने विषयमा स्वयं अभिभावक नै जिम्मेवार हुनुपर्ने बताए ।
उनले बालबालिका केन्द्रित शैक्षिक गतिविधि सञ्चालन गर्न वडा शिक्षा समितिमा छलफल गरी कार्यान्वयन गरिने स्पष्ट पारे ।
केन्द्रका अध्यक्ष शोभामोहन पौडेलले शिक्षा क्षेत्रको विकासले मात्र राष्ट्र समृद्ध बन्ने बताए ।
कार्यक्रममा महेन्द्र माविका प्रधानाध्यापक बासुदेव पौडेल, अध्यक्ष बैकुण्ठ पौडेल, विन्ध्यश्वरी माविका प्रधानाध्यापक श्रीराम आर्चाय, भुमेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक माधव प्रसाद आचार्य, गायत्री आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमिला पौडेल, अध्यक्ष कुलचन्द्र पौडेल, केन्द्रका परिचालक पवित्रा पौडेल लगायतकाले प्रशिक्षणले बालबालिकाको चाहाना बुझ्न सघाउ पुर्याउने बताए ।
केन्द्रका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव बैकुण्ठ पौडेलले गरेका थिए ।
प्रशिक्षणमा त्यस वडाका विभिन्न सामुदायिक विद्यालयका अभिभावकहरूको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।