गण्डकी सरकारले पोखरामा पृथ्वीनारायण शाहको शालिक बनाउने


     एभरेस्ट आवाज    
     असार १ गते २०८१ मा प्रकाशित




गण्डकी सरकारले पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा पृथ्वी जयन्ती मनाउने भएको छ । गण्डकी प्रदेश सरकारले शनिबार ल्याएको बजेटमा सो कुरा उल्लेख छ ।

साथै पोखरा महानगरपालिका भित्र पृथ्वी नारायण शाहको शालिक बनाउने भन्दै उसले बजेट विनियोजन गरेको छ । बजेटमा प्रदेश सभा भवन निर्माणका लागि ९ करोड बजेट विनियोजन गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।