असार २ पोखरा । तामाङ बौद्ध सेवा समिति, संगमटोल–१३ पोखराको माताहातमा रहेको कोकम्हेन्दो पुस्तकालयमा पुस्तक हस्तान्तरण गरिएको छ । शनिबार एक कार्यक्रमका बिच प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले विभिन्न दाताहरुबाट संकलित पुस्तक पुस्तकालयका संयोजक दिपक बाईवा तामाङलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङले पुस्तकालय प्रतिष्ठानको कार्यक्षेत्र भित्र पर्ने भएकाले सक्दो सहयोग गर्ने बताए । पछिल्लो समय युवापुस्ता आफ्नो भाषा,संस्कार संस्कृति र परम्पराको बारे अध्ययन अनुसन्धानमा अत्यन्तै कम रुचि बरु मोबाइल फोन र अन्य ग्याजेटको दुरुपयोगले पश्चिमा संस्कारको पछि होडका साथ लागिपरेको र यसले पुस्तक अध्ययनको संस्कारमा एकदमै ह्रास आएको बताए ।
कोकोम्हेन्दो पुस्तकालयको २०६० सालमा कृष्ण लोप्चन तामाङको संयोजकत्वमा स्थापना भएकोमा विविध कारणवश लामो समयदेखि संचालन हुन नसकेकोमा पुस्तकालयलाइ अव फेरि पुनःसुचारु गरिएको पुस्तकालय संयोजक दिपक वाइबा तामाङले जानकारी दिए । उनले विद्यालयमा गएर औपचारिक शिक्षा लिनुलाई मात्र पढाई भन्ने मानसिकता रहेको र त्यसलाई चिर्न पुस्तकालयले मद्दत पुग्ने बताए ।
यो बर्ष भित्रमा यस पुस्तकालयमा १ हजार पुस्तक पु¥याउने लक्ष्य रहेनुका साथै पुस्तकालयलाई तामाङ अध्ययन केन्द्रको रुपमा विकास गरिने उनले बताए ।
सो कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रिय का.वा.अध्यक्ष कुम बहादुर योञ्जन तामाङ, नेपाल तामाङ घेदुङ पूर्व केन्द्रिय सल्लाहकार प्रताप वाईबा तामाङ, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष राम बहादुर ब्लोन (शिवु) तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङ, बौद्ध सेवा समितिका अध्यक्ष विष्णु तामाङ लगायतले बोलेका थिए ।
पुस्तकालयका संयोजक दीपक वाईबा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी ब्लोन तामाङ र संचालन सह–संयोजक धनराज डिम्डुङ तामाङले गरेका थिए ।
वि.सं.२०६९ असोजमा तत्कालिन जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङ र सदस्य दिपक वाईबा तामाङको पहलमा आदिवासी जनजाति जिल्ला समन्वय समिति (जि.वि.स) कास्की, प्रा.डा. तारा बरालबाट १ सय थान पुस्तक, धनराज डिम्डुङ तामाङ, ओम स्याङ्बो तामाङ, कुमार योञ्जन तामाङ, आश बहादुर लोप्चन तामाङ, टेक योञ्जन तामाङ, प्रताप बहादुर वाईबा तामाङ, सोनु योञ्जन तामाङ, शान्ति गोम्देन (सविना) तामाङ, मुना स्याङ्बो तामाङ, आस्था वाईबा तामाङ, सोनाल लोप्चन तामाङ, विजय स्याङ्बो तामाङ, रवी योञ्जन तामाङ, किरण गुरुङ, धनजीत वाईबा तामाङ, हिमाल राना मगर, राम ब्लोन तामाङ, निरा लामा स्याङ्दान तामाङ लगायतले पुस्तक खरिदका लागि आर्थिक सहयोग गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको रुपा गाउँपालिकाले गाईभैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको…






