दोश्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई


     एभरेस्ट आवाज    
     असार २ गते २०८१ मा प्रकाशित




असार २ पोखरा । पोखरा ७ मासबारस्थित मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउँदै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।

उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेश्रो हुँदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुँदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य लगायतले पुरस्कार वितरण गरे ।

तीन दिन सम्म सञ्चालन भएको प्रयितोगितामा निजी र सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थीका ७२ टिमले भाग लिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।