चिल्ड्रेन नेपालको जीवन उपयोगी सीप तथा वृत्ति परामर्श तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     असार ६ गते २०८१ मा प्रकाशित




पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा जीवन उपयोगी सिप तथा वृत्ति परामर्श कार्यशाला सम्पन्न भएको छ ।

संस्थाको सहयोगबाट पोखराका विभिन्न सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यकशालाको आयोजना गरिएको हो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा आत्म जागरण, अन्तरव्यक्ति सम्बन्ध, प्रभावकारी सञ्चार, इन्टरनेट र यसको प्रभाव, यौन दुर्वहारबाट बच्ने लगायतका विषयमा छलफल तथा जानकारी मूलक प्रस्तूती राखिएको संस्थाका कार्यक्रम सह–संयोजक रमेश सुवेदीले जानकारी दिए ।

२० जना बालबालिकाको सहभागिता रहेको तालीममा शारदा शर्मा, रमेश सुबेदी, सुनिता तिमिल्सिना र लीला न्यौपानेले सहजीकरण गरेका थिए । तालिम संस्थाको अन्नपूर्ण गाउँपालिका १ स्थित लेवाडे कार्यालयमा भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।