
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ ।
यसैगरि, आज चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार आठ सय १५ निर्धारण भएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।